पोखरा, ६ जेठ । कास्की निर्बाचन क्षेत्र नं २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारीले कोरोना नियन्त्रणमा एकताबद्ध हुन आबश्यक भएको बताएकी छन् । उनले अहिलेको परिस्थितिमा सरकार हर तरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानबिय क्षति कम गर्न लागि परेको अबस्थामा सबैजनाले स्वास्थ्य मापदण्डको पालना सहित आ–आफ्नो ठाउँमा लागि पर्न समेत हार्दिक आव्हान गरेकी छन् ।
भट्टराईले बिहिबार एक प्रेस नोट जारी गर्दै कोरोना भाइरसको दोश्रो लहर भारतसँगै नेपालमा तिब्ररूप लिएको छ । रोकथामको लागि नेपाल सरकारले उच्च जोखिम क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ । उक्त निषेधाज्ञाले हाम्रो जनजीवन कष्टकर भएपनि कोरोना नियन्त्रणको लागि यसलाई पूर्णतः पालना गर्नुपर्ने बाध्यतामा हामी छौं । “प्रेस नोटमा उल्लेख्य छ ।
कोरोना नियन्त्रणको लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की क्षेत्र नं २ अन्तर्गत वडा नं २१ स्थित कृष्ती नाच्ने चौरमा रहेको स्वास्थ्य केन्द्रमा ५ बेडको अक्सिजन सहितको आइसोलेशन केन्द्र संचालनमा ल्याउनका लागि वडाको नेतृत्वमा स्थानिय सामाजिक अभियन्ताहरुको सक्रियता र सर्वदलिय समझदारी सहित सञ्चालनका लागि अन्तिम चरणमा पुगेको, पोखरा महानगरपालिका वडा नं १६ स्थित मातृ शिशु मितेरी अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिसकिएको साथै प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा २५ बेडको भेन्टिलेटर र आई सी यु बेड स्थापना गर्ने कार्य अगाडी बढेको बताएकी छन् ।
साविकको लेखनाथ नगरपालिकाको कार्यालय र साविक वार्ड नं २७ को भवनलाई १०० शैयाको कोभिड अस्पतालमा रूपान्तरित गरि करिब २ हप्तामा संचालनमा ल्याउने तयारिकासाथ प्रक्रिया अगाडि बढाइएको, पोखरा महानगर वडा न ३३ मा पनि ५९ बेड क्षमताको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको जानकारी दिएकी छन् । स्थानीय सरकार र जनप्रतिनिधिहरू प्रत्यक्ष र जवाफदेहीपूर्ण भूमिका सहित सक्रियताका साथ महामारी नियन्त्रणमा जुटिरहेको बताउँदै भट्टराईले सबै प्रति आभार प्रकट गरेकी छन् ।
आफ्नो जिवनको प्रवाह नगरि संक्रमितहरुको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मिहरुलाई उच्च सम्मान गर्दै वनीँहरूको सहयोग र सेवाका लागि आभार ब्यक्त गरेकी छन् । सुरक्षाकर्मिहरु महामारीको नियन्त्रणमा आफ्नो दायित्व निर्वाह गर्दै खटिरहेका छन् । संचारकर्मीहरु महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्नका लागि महामारीसंग जुध्दै कर्मक्षेत्रमा क्रियाशील भएकोमा सबै प्रति उच्च सम्मान ब्यक्त गरेकी छन् ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



