
सांकेतिक तस्बीर।
काठमाडौं, ९ जेठ । नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट हालसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ।
नेपालमा कोभिड –१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो । सोही क्रममा हालसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै २ सय ३३ अक्सिजन सिलिण्डर सङ्कलन गरिएको जनाइएको छ।
तीमध्ये २ सय ४ भरिएका र २९ खाली सिलिण्डर छन् ।
आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा मौज्दाज गरिराखिएका अक्सिजन सिलिण्डर सङ्कलन गरिएको प्रहरीले जनाएको छ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



