
सिमिकोट, १० जेठ । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् ।
नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्।
वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १ सय ५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए। बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको उनले बताए ।
उपचारका लागि सम्बन्धित निकायलाई सहयोग गरिदिन उनले आग्रह गरेका छन्। दशकौँपछि एक्कासि वैशाखमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ । जिल्लामा एउटा भेडाको मूल्य १० हजारसम्म पर्छ ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



