बढी पैसा तिरेर खेलाडी किन्दा दुई मिलियन डलर जरिवाना

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



डेभिड बेक्ह्यामको क्लब इन्टर मियामीलाई कीर्तिमानी दुई मिलियन अमेरिकी डलर जरिवाना गरिएको छ ।

मेजर लिग सकर (एमएलएस) को नियम तोडेको भन्दै बेक्ह्यामको क्लब इन्टर मियामीलाई कीर्तिमानी दुई मिलियन अमेरिकी डलर जरिवाना गरिएको बीबीसीले जनाएको छ ।

सन् २०२० मा फ्रेन्च मिडफिल्डर ब्लेइस माटुइडीलाई युभेन्टसबाट अनुबन्ध गर्दा मियामीले एमएलएसको नियम तोडेको अभियोगमा जरिवाना तिराइएको खबरमा उल्लेख छ ।

एमएलएसले शुक्रबार नियम मिचेको अभियोगमा मियामीलाई जरिवाना तोकेको हो । एमएलएसका अनुसार मियामीले माटुइडीलाई तोकिएको भन्दा धेरै पैसा तिरेर किनेको पाइएको छ ।