अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसँग ६-२ ले पराजित

-


     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित


काठमाडौं, १६ जेठ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल इराकसँग पराजित भएको छ । इराकको बसरामा रहेको अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल घरेलु टिमसँग ६-२ को फराकिलो अन्तरले पराजित भएको हो ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

अब नेपाली टिम विश्वकप छनोटका लागि कुवेत जाने छ । त्यहाँ नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

हारसँगै समूह ’बी’ मा रहेको नेपालको विश्वकपमा छनोट खेल्ने सपना भने टुंगिसकेको छ । तर अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँगको खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने कायमै छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी छ ।

इराक भने फिफा विश्वकप छनोटमा समूह ’सी’ को शीर्ष स्थानमा छ ।