च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

-


     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित


काठमाडौं, १६ जेठ । च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

शनिबार राति भएको फाइनल खेलमा म्यान्चेस्टर सिटीलाई १-० गोलले हराउँदै चेल्सीले उपाधि जितेको हो । योसँगै चेल्सीले च्याम्पियन्स लिगको उपाधि दोस्रो पटक जितेको हो ।

यसअघि सन् २०१२ मा चेल्सीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । शनिबार राति पोर्चुगलमा भएको खेलमा चेल्सीका काइ हार्बटेजले ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।