
पाेखरा, १८ जेठ । संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन पोखरा संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । लामो समय देखि मुटुरोगका विरामी रहेका गुरुङको राति १ बजे निधन भएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी गराए ।
गुरुङ केही समय अघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए । मुटुमा थप समस्या भएपछि सोमबार फिस्टेल हस्पिटल गैह्रापाटनमा भर्ना भएका गुरुङको उपचारकै क्रममा निधन भएको श्रेष्ठले बताए ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष समेत रहेका गुरुङकी श्रीमती मीना गुरुङको पनि वैशाख ३० गते कोरोना संक्रमणका कारण निधन भएको थियो । पोखरा नयाँगाउँ निवासी मेनकाजीका दुई सन्तान एक छोरा र एक छोरी रहेका छन् ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



