विश्वकप छनाेट : आज नेपाल र ताइपेई खेल्दै

-


     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित


काठमाडौं, २० जेठ । विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालले आज (बिहीबार) चाइनिज ताइपेईसँग खेल्दै छ।

सन् २०२२ मा कतारमा हुने विश्वकपको एसियाली छनौट अन्तर्गत नेपालले आज चाइनिज ताईपेइसँग खेल्न लागेको हो। खेल कुवेतको जाबेर अल अहमेद स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे शुरु हुनेछ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। तर बाँकी खेलमा जित निकाले एसिया छनोटको तेस्रो चरणमा भने नेपालले स्थान बनाउने छ।

समूह ‘बी’मा रहेको नेपाल ५ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा छ। शीर्षस्थानमा रहेको अस्ट्रेलियाको १२ अंक छ। ५÷५ खेल खेलेका जोर्डन र कुवेतको समान १० अंक छ। ५ खेल खेलेपनि अंक जोड्न नसकेको चाइनिज ताइेपई पाँचौं तथा अन्तिम स्थानमा छ।

ताइपेइपछि नेपालले जेठ २५ मा जोर्डन र २८ मा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।