विश्वकपको एसियाली छनौटमा ताइपेईलाई २-० गोलले हराउदै नेपाल विजयी

-


     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित


काठमाडौं, २० जेठ । विश्वकपको एसियाली छनौटमा नेपालले चाइनिज ताइपेईलाइ हराएको छ ।

कुवेतको जाबेर अल अहमेद स्टेडियममा राति भएको खेलमा नेपालले २-० ले ताइपेईलाई हराएको हो ।

नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । अञ्जनले खेलको तेस्रो मिनेटमा र नवयुग श्रेष्ठले ८१ औं मिनेटमा गोल गरे ।

खेलको तेस्रो मिनेटमै नेपालका अञ्जनले पेनाल्टी गोल गरेर अग्रत दिलाएका थिए । त्यसपछि सब्सिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८१ औं मिनेटले गोल गरे ।

जितसँगै नेपालले ६ खेलबाट ६ अंक बनाएको छ । नेपालले अब जेठ २५ मा जोर्डन र २८ मा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।