एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्ने

-


     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित


काठमाडौं, २४ जेठ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ।

खेल कुवेतको जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ।

अघिल्लो खेलमा चाईनिज ताईपेलाई २-० ले हराएको नेपाललाई अघिल्लो चरणमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ।

समूह बी मा रहेको नेपाल ६ खेलबाट ६ अंक जोड्दै तालिकाको चौंथो स्थानमा छ। ५ खेलबाट १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ। तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ।