
युरोकप फुटबलको १६ औं संस्करण शुक्रबारदेखि सुरु हुँदैछ ।
प्रतियोगिताको उद्घाटन खेलमा टर्की र इटाली खेल्ने छन् । यो खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।
युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुने प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने प्रतियोगिताको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा हुनेछ ।

प्रतियोगिताको समूह ए मा इटाली, टर्की, वेल्स र स्विजरल्याण्ड छन् ।
यस्तै समूह बी मा डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया, समूह सी मा नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया, समूह डी मा इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक, समूह ई मा स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया र समूह एफ मा हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी छन् ।
प्रतियोगिता जुलाई ११ मा सकिने छ ।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




