कोपा अमेरिका फुटबल : अर्जेन्टिना चिलीसँग बराबरीमा रोकियो

-



     सफल आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



कोपा अमेरिका फुटबलमा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको छ ।

सोमबार राति भएको समूह चरणको पहिलो खेलमा अर्जेन्टिना चिलीसँगै १-१ को बराबरीमा रोकिएको हो ।

खेलको ३३ औं मिनेटमा पाएको फ्रिकिकलाई कप्तान लियोनल मेस्सीले सदुपयोग गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पेनाल्टी क्षेत्र नजिकै चिलीका एरिक पुल्गरले फाउल गरेपछि पाएको फ्रिकिकलाई मेस्सीले गोलमा परिणत गरे ।

पहिलो हाफमा १ शून्यले अघि रहेको अर्जेन्टिना दोस्रो हाफमा बराबरीमा रोकियो ।

खेलको ५८ औं मिनेटमा चिलीका एडुवार्डो भेर्गासले गोल गरेसँगै खेल १-१ को बराबरीमा गएको हो ।

बराबरीसँगै समूह ‘ए’ मा रहेका अर्जेन्टिना र चिलीले १-१ अंक बाडेका छन् ।