
एजेन्सी। इटाली युरोकप फुटबलका नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको १६ औं संस्करण अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा ३-० को जित दर्ता गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो।
बुधबार रातिको खेलमा इटालीको शानदार जितका लागि मानुएल लोकातेलीले दुई र चिरो इम्मोबिलेले एक गोल गरे।
इटालीका जर्जियो चेलीनीले खेलको १९ औं मिनेटमा गरेको गोलले भने ह्यान्डबलका कारण मान्यता पाएन।
खेलको २६ औं मिनेटमा लोकाटेलीको गोलबाट इटालीले अग्रता लिएको थियो। पहिलो हाफ १-० को अग्रतामा सीमित भएको इटालीले दोस्रो हाफमा थप दुई गोल गरेको हो।
खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै ३-० को स्पष्ट जित दिलाए।

समूह ‘ए’ को इटाली यो जितसँगै अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको हो। दुई खेलमा जित निकाल्दै उसले ६ अंक जोडेको छ। पहिलो खेलमासमेत इटालीले टर्कीलाई ३-० ले नै हराएको थियो।
स्वीट्जरल्याण्डले भने दुई खेलमा १ अंक जोडेको छ। अघिल्लो खेल वेल्ससँग बराबरी खेलेको स्वीट्जरल्याण्ड बुधबार राति इटालीसँग पराजित भएको हो।









पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




