
पोखरा, १२ असार । क्रिकेट मैदानमा जमिरहेका उदीयमान खेलाडीको नाम हो, विपिन खत्री । लेफ्टआर्म स्पीनर तथा राइट ह्याण्ड ब्याट्सम्यान पोखरेली विपिन १० वर्षदेखि क्रिकेट खेलिरहेका छन् ।
विगतमा यु–१९ विश्वकप क्रिकेट टोलीको बन्दसत्रमा समेत छनोटपछि उनले पछाडि फर्केर हेर्नु परेन । २३ वर्षीय खत्रीलाई अहिले गण्डकी प्रदेशको पुरुष सिनियर टोलीको कप्तानीको जिम्मेवारी समेत छ ।
३ वर्षअघि धनगढीमा सम्पन्न मुख्यमन्त्री क्रिकेट कपमा उनी उत्कृष्ट बलर घोषित हुँदा सन् २०१६ मा काठमाडौंमा सम्पन्न प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उदियमान खेलाडीको उपाधि पनि उनकै पोल्टामा परेको थियो ।
बढीजसो पोखरा रंगशाला भेटिने उनी प्रधानमन्त्री कपको चारै वटा संस्करण खेलिसकेका छन् भने इपिएल, डिपीएल र पिपिएलमा २/२ पटक सहभागिता जनाएका छन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आठौं राष्ट्रिय खेलकुद प्रतियागितामा सहभागिता जनाएको उनको टिम धनगढीमा भएको मुख्यमन्त्री क्रिकेट कपमा उपविजेता बनेको थियो ।
हालसम्म विपिन कास्की जिल्ला एवं गण्डकी प्रदेशसहित पोखरा राइनोज, धनगढी स्टार, बुटवल ब्लास्टर, रुपन्देही च्यालेन्जर्स, काठमाडौं मेयर ११ टिमबाट पिच उत्रिसकेका छन् ।
हाल पोखरा महानगरपालिका वडा १४, चाउथे निवासी विपीनलाई क्रिकेटको मोह स्कुले जीवनकालमै बसेको बताउँछन् ।
‘सानैदेखि क्रिकेटप्रति रुचि लाग्यो, खेल्दै जाँदा यहाँसम्म आइपुगियो । हेरौ कतिसम्म अघि बढ्न सकिन्छ,’ उनले भने । अहिले पाँचौ पोखरा स्पोर्टस् अवार्डअन्तर्गत उदीयमान खेलाडी विधाको उत्कृष्ट ३ मा पर्न सफल हुँदा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । बुवा तुलबहादुर र आमा सीता खत्रीको २ सन्तानमा उनी जेठा हुन् । उनले पोखरा पब्लिक स्कुलबाट एसएलसी उत्तीर्णसँगै कालिका उच्च माविबाट व्यवस्थापन संकायमा प्लस टु सकाएका छन् ।
उदीयमान खेलाडी विधामा उनीसहित पौडीकी दुवाना लामा र लनटेनिसका प्रदीप खड्का पनि मनोनयनमा परेका छन् । तीमध्ये उत्कृष्ट एक जनाले असार १८ मा हुने स्पोर्टस् अवार्डमा ३५ हजारसहित अवार्ड जित्ने छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




