सोनियालाई टोकियो ओलम्पिकका लागि वाइल्डकार्ड

-



     सफल आवाज    
     असार १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ असार । नेपाली राष्ट्रिय जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकका लागि वाइल्डकार्ड प्राप्त गरेकी छन् ।

सन् २०१९ को डिसेम्बरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनियाले विश्व जुडो च्याम्पियनसिपमा एक बाउट पनि जितेकी थिइन् ।

नेपालबाट विश्व च्याम्पिपयनसिपमा एक बाउट जित्ने पहिलो खेलाडीसमेत रहेकी सोनियाले जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियोमा ओलम्पिकमा सहभागी हुने निश्चित भएको नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको छ ।

सोनियाको सहभागिता निश्चित भएसँगै नेपालबाट ५ जनाले ओलम्पिक खेल्ने भएका छन् ।

यसअघि नै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स साह र म्याराथनका गोपिचन्द्र पार्कीले ओलम्पिक खेल्ने तयारी भइसकेको छ ।