
काठमाडौं, २८ असार । यूरो कप २०२० को उपाधि इटालीले जितेको छ । घरेलु टोली इङ्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इटालीले गएराति युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटमा १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटालीले ३–२ को नतिजा पस्किन सफल भयो ।
खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । एकपछि अर्को आक्रमण विफल पारेको इंग्ल्यान्डले काउन्टरमा अवसर भने सिर्जना गरेको थियो । ६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्न सक्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाए पनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् ।
अतिरिक्त समयमा गोल ननिस्केपछि खेल टाइब्रेकरमा पुगेको हो । जसमा इटालीका ३ प्रहार गोल हुँदा २ खेर गए । उता इङ्ल्याण्डका ३ प्रहार खेर जाँदा २ सुटलेमात्र जाली चुम्न सके ।
यसअघिको विजेता पोर्चुगल थियो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




