कास्की जिल्ला तेक्वान्दो संघमा कुमार

-



     सफल आवाज    
     श्रावण ३० गते २०७८ मा प्रकाशित



पाेखरा, ३० साउन । कास्की जिल्ला तेक्वान्दो संघकाे १२ औ बार्षिक साधारण सभा तथा ५ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनले कुमार गुरुङकाे अध्यक्षतामा नयाँ समिति चयन गरेकाे हाे ।

संघ उपाध्यक्षमा कुलचन्द्र शर्मा, सचिव दीपेन्द्र पहारी र कोषाध्यक्ष किरण गौतम छन्। सदस्यमा प्रितम कुँवर, रेखमाया गुरुङ, निसान माझी र कृष्ण महर्जन चयन छन् । गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले सभा उद्घाटन गरेका थिए ।