बर्खास्तमा पर्ने भए राखेप सदस्य सचिव सिलवाल

-



     सफल आवाज    
     कार्तिक १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ कात्तिक । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा पर्ने भएका छन् । सरकारले उनलाई आज राखेप सदस्य सचिवबाट बर्खास्त गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने प्रक्रिया शुरु गर्न अनुमति दिईएको बताईएको छ । उनलाई प्रक्रिया पुर्याएर हटाईने भएको छ ।

सदस्य सचिव सिलवाल २०७६ सालमा पहिलो पटक सदस्य सचिवमा नियुक्त भएका थिए । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साउन १२ गते पुनः सदस्य सचिवमा दोश्रो पटक नियुक्त गरेको थियो ।