स्पेनिस ला लिगामा बिल्बाओ र गेटाफेको बराबरी

-



     सफल आवाज    
     मंसिर २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ मंसिर । स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओले रेलिगेसनको दबाबमा रहेको गेटाफेसँग अंक बाँडेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

गेटाफेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । बिल्बाओले घरेलु टोली गेटाफेको रक्षापंक्ति तोड्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । जारी लिगमा बिल्बाओको यो नवौँ बराबरी हो ।

बिल्बाओपछि भ्यालेन्सिया, मालोर्का र भिल्लारियलले सात सात बराबरी खेलेका छन् । लिगमा गेटाफेको यो पाचौं बराबरी हो । रेफ्रीविरुद्ध लगातार खनिएका गेटाफेका प्रशिक्षक क्वीक सान्चेज फ्लोरेसले खेलको अन्तिममा रातो कार्ड पाएका थिए ।