
सिंगापुर २६ मङ्सिर । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन् । सो कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ ।
उक्त पत्रिकाले बेइजिङ ओलम्पिकमा संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस उपस्थित हुने तथा अन्य कतिपय देशले बहिस्कार गरेको भनिएको सो खेलको कार्यक्रमलाई फ्रान्सले पनि बहिस्कार गर्ने कुनै योजना नबनाएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बेइजिङ ओलम्पिकका लागि दिएको निमन्त्रणा स्वीकार गरेको र उनी सो कार्यक्रममा उपस्थित हुने जानकारी दिएको सो समाचारमा लेखिएको छ ।
बेइजिङ ओलम्पिकमा उपस्थित हुने विषयमा सोधिएको प्रश्नमा फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले खेलकुदजस्तो विषयमा कसैले पनि राजनीति गर्न नहुने भने बताए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




