
पोखरा, २९ मंसिर । काठमाडौंमा मात्रै सिमित हुँदै आएको कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता पहिलो पटक पोखरामा आयोजना हुँदैछ । लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर हुन लागेको प्रतियोगितामा पुस ३ गते पोखरा रंगशालामा मनाङ मस्र्याङदी क्लबले नेपाल पुलिस क्लबसंग खेल्ने छ ।
बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्देशक सञ्जिब मिश्रले नयाँ प्रयोगका रुपमा लिगलाई काठमाडौं बाहिर ल्याएको बताए । मेची देखि महाकाली सम्म रहेका उपयुक्त रंगशालामा लिगलाई लैजान सके दर्शकहरुले पनि अपनत्व ग्रहण गर्ने उनको भनाई छ ।
विगतको तृुलनामा यसपटक काठमाडौंको लिगमा दर्शक सहभागिता उल्लेख्य रहेको बताउदै पोखरापनि खेलकुदको हब भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहनेमा उनले विश्वास व्यक्त गरे ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले लिग पोखरामा आउनु पोखरेली खेलप्रेमीहरुका लागि सुखद् पक्ष रहेको बताए । मनाङले पाँचौ चरणको खेल अन्तर्गत शनिबार नेपाल पुलिस क्लबसंग पहिलो खेल खेल्दैछ । त्यस्तै सातौ चरणमा बिग्रेड ब्वाइज क्लबसंग पुस १७ र आठौं चरण अन्तर्गत पुस २४ गते च्यासल युथ क्लबसंग प्रतिस्पर्धा गर्नेछ । ४ खेलमा १० अंक जोडदै मनाङ खेल तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यसैबीच, मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब शनिबार हुने लिगका लागि बुधबार नै पोखरा आइसकेका छन् । लिगका लागि १ सय र ३ सयको टिकटदर निर्धारण गरिएको छ । खेल पोखरा रंगशालमा दिउँसो २ बजेदेखी सुरु हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




