साफ यू-१९ महिला च्याम्पियनसिप : आज लिग खेलमा भारतविरुद्ध प्रतिष्पर्धा गर्दै नेपाल

-



     सफल आवाज    
     पौष ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ पुस । बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम लिग खेलमा आज भारतविरुद्ध प्रतिष्पर्धा गर्दैछ । ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा यस खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

पाँच टिम सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहेर फाइनल पुग्न नेपाललाई भारतविरुद्ध बराबरी नै पर्याप्त छ । भारत भने नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ । नेपाल ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा छ ।