प्याराडिसो स्पोर्टसद्वारा अन्नपूर्णका विद्यार्थीलाई कपडा र शैक्षिक सामग्री वितरण

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



पोखरा, ७ पुस । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङघलेल कालिमाटीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।

विद्यालयमा रहेका ३० जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, शैक्षिक सामग्री र खेलकुदको सामग्री प्रदान गरेका छन् । प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेल, सुपरभाइजर झम्क ढकाल, सेफ पूर्ण दाहाललगायतले विद्यार्थीहरुलाई ज्याकेट र अन्य सामग्री प्रदान गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा प्याराडिसोका म्यानेजर हरी पौडेलले शैक्षिक सामग्री र न्यानो कपडाले विद्यार्थीको शिक्षा हासिल गर्नमा सहयोगी हुने बताए । उनले बारको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

अन्नपूर्ण आधारभूत विद्यालयक व्यवस्थपान समितिका अध्यक्ष दिपकराज ढुंगाना, सचिव पशुपति दाहाल, विद्यालयका प्रधानाध्यापक दीपलाल दाहालले शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीमा शैक्षिक उर्जा बढ्ने बताएका थिए ।