नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री खुला

-



     सफल आवाज    
     पौष ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ पुस । नारायणी डेभलपमेन्ट बैंकले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।

हाल कायम चुक्ता पुँजीको एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद बिक्री खुला गरेको हो ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।