कारबाओ कप : लिभरपुल र चेल्सी सेमिफाइनलमा प्रवेश

-



     सफल आवाज    
     पौष ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ पुस । लिभरपुल र चेल्सी कारबाओ कपको सेमिफाइनलमा पुगेका छन् । बुधबार राति भएको क्वार्टर फाइनलको खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

बुधबार राति भएको खेलमा चेल्सीले ब्रेनफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । त्यस्तै लिभरपुलले भने लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । लिभरपुल र लेस्टर सिटीबीच भएको खेलमा ३–३ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।