
काठमाडौं, ११ पुस । ‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले यहि पुस ९ र १० गते आयोजना गरेको पहिलो Kamana Sewa FutsalCup 2021 प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले प्राप्त गरेको छ ।
शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रेलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेल निर्धारित समयमा दुई/दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए । माछापुच्छ्रेको तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एकले विजयी बन्यो ।
प्रतियोगितामा माछापुच्छ्रेका निकेश केसी उत्कृष्ट गोलकिपर ठहरीए भने सिद्धार्थका शान्ति राम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । बैंकका सञ्चालक विश्वेश्वर सुवेदीको अध्यक्षता तथा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि, कामना सेवाका सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साललगायतले मेडल, ट्रफीसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कामना सेवा विकास बैंकले आयोजना गरेको प्रतियोगिता खेलपाटीको व्यवस्थापनमा भएको थियो । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटीले सहकार्य गरेको थियो । उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवं बिमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी भएका थिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




