
काठमाडौं, ११ पुस । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत महिलातर्फ नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाल लगातार चौथो जित निकाल्दै उपाधि नजिक पुगेको हो ।
मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको लिग चरणको चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउन सफल भयो । नेपालले उज्वेकिस्तानमाथि २५-२०, २५-२३, २५-१४ को जित निकालेको थियो ।
नेपाले पहिलो खेलमा श्रीलंकालाई ३-२, दोस्रो खेलमा माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो । लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाएको नेपालले अन्तिम खेल सोमबार किर्गिस्तानसँग खेल्नेछ । जितसँगै नेपाल शीर्षस्थानमा छ । नेपालले चार खेलबाट ११ अंक बनाएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




