
पोखरा, ११ पुस । पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नवलपुरले तनहुँमाथि ९ विकेटको जित निकालेको छ ।
मात्रै ६४ रनको झिनो लक्ष्य पाएको नवलपुरले ९.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो । नवलपुरको जितमा गोविन्द विकले ५ चौका प्रहार गर्दै अभिजित ३० रन बनाए । त्यस्तै रविन तिमिल्सीनाले २९ रनको पारी खेले ।
खेलमा टस जितेर पहिला व्याटिङ गरेको तनहुँले २२.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ६३ रन बनाएको थियो । तनहुँका व्याट्स्म्यानहरु प्रशान्त सिंहले २० तथा समिर कँडेलले १६ रन जोडे । नवलपुरका बलहरु विशाल पौडेलले ३ विकेट लिँदा निश्चल भुषाल, रिजन काफ्ले र कमल परियारले समान २–२ विकेट बाँडे ।
तनहुँको तर्फबाट प्रदिप अर्यालले १ विकेट लिएका थिए । खेलमा नवलपुरका बलर विशाल पौडेल म्यान अफ द म्याच भए । उनलाई कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्रकुमार गुरुङ्ग‘जिम्मी’ले ट्रफि प्रदान गरे । प्रतियोगिता अन्तर्गत सोमबार कास्की र स्याङ्जाविच प्रतिस्पर्धा हुनेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




