सेन्ट्रल जोन भलिबल : महिलातर्फ नेपाल फाइनलमा प्रवेश

-



     सफल आवाज    
     पौष १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ पुस । बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ । ढाका मिरपुरस्थित साहिद सुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३-० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालले पहिलो सेट २५-८ ले सहजै आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट २५-१४ तथा तेस्रो सेट २५-१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो । अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३-२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३-० को सोझो सेटमा हराएको थियो ।

अब नेपालले उपाधिका लागि भोलि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । आजै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा पराजित गदै फाइनलमा प्रवेश गरेको हो ।