सेन्ट्रल जोन भलिबल : उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

-



     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ पुस । एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ ।

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै उपाधि जितेको हो ।
खेलको पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो । दोस्रो सेटमा उल्टै नेपाललाई उज्वेकिस्तान २६-२४ ले हरायो भने तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखाएर २५-१५ ले विजयी भयो ।

चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो । चौथो सेट २४-२२ ले जित्दै उज्वेकिस्तान र नेपाल २–२ को बराबरीमा पुगे । निर्णायकको रुपमा पाँचौ सेट १५-१० ले जित्दै नेपाल च्याम्पियन बनेको हो ।