छोम्रोङमा ल्होसार मेला : भलिबल र बास्केटबलका फाइनल खेलहरु आज हुँदै

-



     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित



पोखरा, १६ पुस । अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा जारी ल्होसार मेलामा भलिबल तर्फको उपाधिका लागि सीवाईसी घुर्जुङ र जनउत्थान क्लब भिड्ने भएको छ ।

आज भएको सेमिफाइनल खेलमा सीवाइसीले एमवाइसी तल्लोगाउँलाई २३–२५, २५–२० र २५–२२ को सेटमा पराजित गर्दै सीवाइसी फाइनलमा प्रवेश गरेको हो । यसैगरी अर्काे सेमीफाइनल खेलमा जनउत्थान क्लबले योङ स्टार क्लबलाई २५–२३ र २५–२२ को सोझो सेटमा हराउँदै जनउत्थान फाइनलमा पुगेको मेला संयोजक राम गुरुङले जानकारी दिए ।

उनका अनुसार जनउत्थान र सीवाइसी बीचको फाइनल खेल शुक्रबारबाट हुने भएको छ । गुरुङले भलिबलतर्फ तेस्रो स्थान मिलन युवा क्लबले तेस्रो स्थान हाँसिल गरेको बताए । उनका अनुसार मत्क्यू गाइजलाई २५–२३ र २५–२२ को सोेझो सेटले पराजित गर्दै मिलन युवा क्लब याङजाकोटले तेस्रो स्थानको उपाधि रक्षा गरेको हो ।

यसैगरी बास्केटबलतर्फ माछापुच्छ्रे युवा क्लब तल्लोगाउँ र मिलन युवा क्लब याङ्जाकोट बीच शुक्रबार नै फाइनल खेल हुने संयोजक गुरुङले बताए । उनका अनुसार तेस्रो स्थानका लागि भने सीवाइसी र एमवाइसी घ्यागोथरबीच प्रतिष्पर्धा हुनेछ । दुवै तर्फको प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद २५ हजार प्राप्त गर्नेछ भने द्वित्तीय र तृतीय स्थान हाँसिल गर्ने टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश १५ र १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।