ए डिभिजन लिग : आजबाट सातौं चरणका खेल हुँदै

-



     सफल आवाज    
     पौष १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ पुस । सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुने भएका छन् ।

आज दिउँसो १ बजे सुरु सुरु हुने पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् । अहिले ६ खेलसम्म अपराजित रहे पनि २ जित र ४ बराबरीबाट १० अंक जोडेको आर्मी अंक तालिकामा तेस्रो स्थानमा छ ।

एपीएफ ६ खेलबाट ५ अंकसहित ११औं स्थानमा छ । यो रेलिगेसन जोनभन्दा १ अंकले मात्र माथि छ । आजै ४ः४५ बजे सुरु हुने दोस्रो खेलमा फ्रेण्ड्स क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ ।