क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु, १४ खेलाडीमात्र उपस्थित

-



     सफल आवाज    
     पौष १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ पुस । नेपाली क्रिकेट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु भएको छ ।

सोमबारदेखि सुरु भएको प्रशिक्षणमा १४ खेलाडी मात्रै उपस्थित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

२० खेलाडीले क्याम्पका लागि रिपोर्टिङ गरेकोमा ६ जना होटलमै छन् । कप्तान सन्दीप लामिछाने अष्ट्रेलियामा छन् । बाँकी ९ खेलाडीले रिपोर्टिङ गर्न बाँकी रहेको क्यानले जनाएको छ ।