ए डिभिजन लिगमा आठौं चरणका खेल हुँदै

-


     सफल आवाज    
     पौष २३ गते २०७८ मा प्रकाशित


काठमाडौं, २३ पुस । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ ।

जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध जित हात पारे संकटाले दोस्रो स्थानमा रहेको मानाङसँग अंक बराबरी गर्नेछ । सातदोबाटो भने ७ खेलबाट ८ अंकसहित आठौं स्थानमा छ ।

यस सिजन संकटाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदार दुई क्लब मछिन्द्र र मनाङलाई पछ्याइरहेको छ ।