पुष्पाले जितिन् ढाका म्याराथनमा कास्य पदक

-


     सफल आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित


काठमाडौं, २६ पुस । बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् ।

पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् । उनले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । पुष्पाले टाइमिङ सुधार गरे पनि स्वर्ण रक्षा गर्न सकिनन् ।

पुष्पाले तृतीय स्थानमा सिमित रहिन् । भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् ।