कर्णाली बाहिरियो, पुलिस क्लब सेमिफाइनलमा प्रवेश

-


     सफल आवाज    
     पौष ३० गते २०७८ मा प्रकाशित


काठमाडौं, ३० पुस । प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो ।

३ खेलबाट पुलिसको ६ अंक भएको छ । सुदूरपश्चिम र आर्मीलाई पराजित गरेको पुलिसले अब प्रदेश १ संग खेल्न बाँकी छ । ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि पुलिसले पहिले ब्याटिङ गर्दै कीर्तिमानी २४४ रन बनाएको थियो ।