सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज मच्छिन्द्र विजयी

-



     सफल आवाज    
     माघ २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले बिग्रेड ब्वाईज क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

मच्छिन्द्रका लागि विमल घर्ती मगरले दुई तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक÷एक गोल गरे । गेड ब्वाईजले मच्छिन्द्रलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने सकेन् । खेलको ५६औँ मिनेटमा मच्छिन्द्रका खेलाडी विमलले गोल गरे ।

जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रको नौ खेलबाट २३ अंक पुगेको छ । मच्छिन्द्रले दोस्रो स्थानको मनाङलाई चार अंकले पछि पारेको छ । मनाङको १९ अंक छ ।