
काठमाडौं, ३ माघ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन् ।
जनवरी २० देखि ३० सम्म उजेकिस्तानको तास्कन्दमा आयोजना हुन गइरहेको ASBC U22 Man and Women’s Boxing championship प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुदमन्त्रीले बिदाई गरेका हुन् । प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकिस्तान जान लागेकी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री गहतराजले जितको अग्रिम शुभकामना दिए ।
बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठूलो आशा गरेको बताउँदै मन्त्री अथकले भने, ‘पदक लिएर फर्कनुहोस, अग्रीम शुभकामना ।’ बक्सिङका अन्तर्राष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरीसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले भने, ‘बक्सिङको अन्तर्राष्ट्रिय अध्यक्ष नेपाल आउनुले पनि नेपाली बक्सिङको अवस्था विश्वमा राम्रो रहेको प्रमाणित गरेको छ ।’
एसियाका ३० देश सहभागी हुने अण्डर २२ बक्सिङ प्रतियोगिताका लागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रशिक्षक नबिन तण्डुकारको टिम उजेकिस्तान जान लागेको हो । तामाङले ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिए । नेपाली टिम टर्किस एयरबाट मंगलबार राति ११ बजे उजेकिस्तान जाने कार्यक्रम रहेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




