
काठमाडौं । मुटु विशेष किसिमको मांशपेशीले बनेको अंग हो । यसले रगतलाई पम्प गरी रक्तनलीमार्फत् विभिन्न अंगहरुमा पुर्याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखि ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रुपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरु जस्तै सोडियम, पोटापसियम, क्याल्सियम आदिको आवश्यकता पर्दछ । यसका लागि मुटुको मांशपेशीभित्र साना तथा मझौला खालका रगतका नलीहरु हुन्छन् । जसलाई मुटुको धमनी वा कोरोनरी आर्टरी पनि भनिन्छ ।
जब मुटुको धमनीहरुमा विभिन्न कारणले गर्दा बोसोजन्य पदार्थ जम्मा भई धमनीहरु साँघुरो हुँदै जाने हुन्छ । त्यसलाई मुटुको धमनीको रोग (Coronery artery disease) भनिन्छ । मुटुको धमनीहरुको साँघुरो भएमा मुटु स्वयंले अक्सिजन, ग्लुकोज लगायतका अन्य खनिज पदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर हुन्छ । कमजोर र साँघुरो रक्तनलीहरु सजिलै फुट्न सक्छ । जब मुटुको धमनीहरु एक्कासी बन्द हुन्छ, तब मुटुको केही खण्डले नियमित काम गर्न सक्दैन, त्यसैलाई हृदयघात भनिन्छ ।
हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरी धमनी वा धमनीका शाखाभित्रै आकस्मात रगत जम्न गई रगतको थेग्लाले धमिनी थुनिँदा वा थुनिएको भागभन्दा अगाडि हृदयका मांशपेशीहरू अक्सिजन र अन्य पोषकतत्वहरुको अभावमा देखा परेको आपतकालिन समस्या हो ।
यो समस्या आकस्मात देखापर्ने भए पनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफैं रगत जम्नुको पछाडि धमनीका भित्ताहरुहरुमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्त कोषहरू जम्मा भएर धमनी साँघुर्याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ ।
यी पदार्थहरूजम्मा भएर धमिनी सागुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउँछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुँदा साँघुरिएको ठाउँमा नसाको भित्रीपत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ । रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ । फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भागभन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरू मर्दा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य सम्वेदनशील अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ ।
हृदयघातका लक्षणहरु
हृदयघात भएको बेलामा छातीको बीच भागमा दुख्ने, भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, एक्कासी बढेर जाने, रिँगटा लाग्नेजस्ता देखिन्छन् । कसै कसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुने जस्ता लक्षणहरु देखिन सक्छन् ।
उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायामको कमी, उच्च कोलस्ट्रोल, अत्याधिक तनाव तथा नकारात्मक सोँच, बढ्दो उमेर, पारिवारिक कारण, पुरुष लैंगिकता आदि कारणले हृदयघात हुनसक्छ ।
हृदयघातबाट बच्नका लागि के गर्ने ?
–नियमित स्वस्थ खानपान गर्ने ।
–नुन तथा चिल्लो पदार्थ कम खाने ।
–बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्ने ।
–दैनिक आधा घण्टादेखि एक घण्टासम्म शारीरिक व्यायाम गर्ने ।
–मद्यपान तथा धुम्रपान सेवन नगर्ने ।
–स्वास्थ्य परीक्षण गर्ने, रक्तचापको मापनलगायत रगतमा सुगर तथा कोलस्ट्रोलको मात्रा परीक्षण गराउने
–बढी भएमा नियन्त्रणमा रहने गरी आवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझावअनुसार औषधी सेवन गर्ने ।
–पारिवारिक सावधानी अपनाउने
–परिवारमा कम उमेरमै मुटुरोग देखिएमा बाँकी सदस्यहरुले नियमित परीक्षण तथा थप सावधानी अपनाउने ।
–शरीरको तौल नियन्त्रनमा राख्ने र तनावहित रहने वातावरण बनाउने तथा सकारात्मक सोच राख्ने र थप सुझाबको लागि सम्बन्धित चिकित्सकसँग परामर्श गर्ने ।
हृदयघातका कारण विश्वमा १ करोड ७५ लाख मानिसको हरेक वर्ष मृत्यु हुने गर्दछ । हाल नेपाल लगायतका विकासोन्मुख राष्ट्रमा पनि यसको प्रकोप बढ्दै गैरहेको छ । विभिन्न उपचार पद्धतीका तथा औषधीको बाबजुत हृदयघात भैसकेपछि मृत्युदर अझै नै उच्च छ । तसर्थ, रोग लाग्न नदिन उचित जीवनशैली अनुसरण गर्दा राम्रो र आम मानिसले यस महारोगसम्बन्धी न्युनतम जानकारी राख्ने तथा मुटुरोगको जोखिम बढी भएका व्यक्तिहरुले नियमित परीक्षण गराउनुपर्दछ । उल्लेखित कुनै लक्षणहरु देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




