थप १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ जनाको निधन

-



     सफल आवाज    
     माघ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ माघ । पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण गरिएकोमा १२ हजार ८ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार ४० जना डिस्चार्ज भएका छन् भने ८ जनाको निधन भएको छ । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना निको भएका छन् भने ११ हजार ३३७ जनाको निधन भएको छ ।