एपिएफले चुम्यो २०औं संस्करणकाे आहा ! रारा गोल्डकपको उपाधि

-



     सफल आवाज    
     माघ १५ गते २०७८ मा प्रकाशित



पोखरा, १५ माघ । २०औं संस्करणको आहा ! रारा गोल्डकप २०७८ काे उपाधि नेपाल एपिएफ क्लवले आफ्नो पोल्टामा पार्न सफल भएको छ । उपाधिसंगै एपिएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ ।

आज पोखरा रंगशालामा भएको फाइनल खेलमा ६ पटकसम्मको उपाधि विजेता मनाङ मस्र्याङ्दी क्लवलाई टाई ब्रेकरमा ५/४ ले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो ।

निर्धारीत ९० मिनेटको खेलमा २/२ गोल भएपछि खेल अतिरीक्त समयमा धकेलिएको थियो । थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाइ ब्रेकरमा गएको हो ।

पेनाल्टी सुटआउटमा ६ पटकको आहा ! रारा गोल्डकपको विजेता मनाङ मस्र्याङ्दी दीका खेलाडी ओलावाले अफिजको पेनाल्टी सुटआउट रोकिएपछि एपिएफले उपाधि जित्न सफल भएको हो ।