पहिलो हाफमा नेपाल १-०को अग्रता

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा सुजल श्रेष्ठले नेपालका लागि गोल गरे । खेलको ११औं मिनेटमा सुजलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो । तर, १३औं मिनेटमा मोरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान किरण चेम्जोङले दायाँ डाईभ गर्दै बचाए ।