
काठमाडौं, ९ फागुन । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मिलित ‘मिल्स कप क्रिकेट प्रतियोगिता’ यही फागुन २० गतेदेखि सुरु हुने भएको छ ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपालका र भारतका १६ टोली सम्मिलित उक्त प्रतियोगिता विराटनगर जुट मिल क्रिकेट खेल मैदानमा हुने छ ।
एकेडेमीका अध्यक्ष मुरारी चौधरीले नक आउट आधारमा टि–२० क्रिकेट प्रतियागितामा कटिहार क्रिकेट क्लब, भारत, जोगबनी क्रिकेट क्लब भारत, भैरहवा क्रिकेट क्लब, जनकपुर क्रिकेट क्लब, बोस्टन क्रिकेट क्लब झपा, होराईजन क्रिकेट क्लब विराटनगर, विराट क्रिकेट क्लब एण्ड एकेडेमी विराटनगर, मिल्स क्रिकेट क्लब विराटनगर रहेको जानकारी दिए ।
यसैगरी पूर्णिया क्रिकेट क्लब भारत, कानपुर क्रिकेट क्लब भारत, काठमाडौँ क्रिकेट क्लब, सिरहा क्रिकेट क्लब, सुनसरी–११ क्रिकेट क्लब, पूर्वाञ्चल क्रिकेट क्लब विराटनगर, प्याट्रिक क्रिकेट क्लब झापा, एमसिसिए विराटनगर गरी १६ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताका विजयी हुने प्रथम हुने टोलीलाई नगद १ लाख ११ हजार रुपैयाँ, दोस्रोलाई ५१ हजार रुपैयाँ र अन्य विभिन्न विधामा उत्तकृष्ट हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




