आइसीसी टी-२० विश्वकप छनोट : यूएईविरुद्ध फिल्डिङ गर्दै नेपाल

-



     सफल आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० फागुन । आइसीसी टी-२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ ।

आज नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।

विश्वकप छनोट ग्लोबल क्वालिफायर ‘ए’ अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।