खप्तड गोल्ड कप फागुन १९ देखि

-



     सफल आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित



कैलाली, ११ फागुन । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फागुन १९ गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोटर्स क्लबले बुधबार धनगढीमा सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा मनाङ मस्याङ्दी क्लब र दिल्ली फुटबल क्लब भिड्नेछन् ।

फागुन २० गते बागमती युथ क्लब सर्लाही र न्यूरोड टिम काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक सुदूरपश्चिम-११ स्पोटर्स क्लबले जनाएको छ । फागुन २१ गते हिमालयन शेर्पा क्लब काठमाडौं र नव जनजागृति फुटबल क्लब सिमराबीच खेल हुनेछ । फागुन २२ गते एभीनियर फुटबल क्लब क्यामरुन र फ्रेण्ड्स क्लब काठमाडौंबीच खेल हुनेछ ।

प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले २१ लाख, उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएकाे छ ।