
पोखरा ९ चैत । नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथनका बिषयमा पोखरा महानगरपालिकाका पदाधिकारीहरुसँग छलफल गरेको छ ।
मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत बलराम रिज्यालले भू.पू. खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगिताले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सघाउ पुर्याएको बताए । उनले आगामी प्रतियोगितामा महानगरका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
मञ्चका पूर्व अध्यक्ष एवं खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले म्याराथन प्रतियोगितामा गण्डकी प्रदेशका धावकहरुले उपाधि जितेमा छुट्टै पुरस्कारको व्यवस्था गर्ने बताए ।
मञ्चका अध्यक्ष हरीप्रसाद पराजुलीले प्रतियोगितालाई आम पोखरेलीहरुले अपनत्व लिएर सहयोग गरेमा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन अझ टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रामचन्द्र बराल, ८ का वडा अध्यक्ष रुद्रनाथ बराल तथा सहारा क्लब र सिदार्थ क्लबका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
चैत १२ गते शनिबार आयोजना हुने १६ औैं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको दोस्रो चरण अन्तर्गत १० किलोमिटर महिला तथा पुरुष खुला दौड, विद्यालयस्तरीय कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि ५ किलोमिटर छात्र÷छात्रा दौड, महिला तथा पुरुष ह्विल चियर र दृष्टिविहिन दौड र सबैका लागि रन फर फन पोखरा रंगशालामा आयोजना हुने छ ।
१० किलोमिटर महिला तथा पुरुष खुल्ला दौडतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै विद्यालय स्तरीय ५ किलोमिटर छात्रछात्रा अन्तर्गत विजेताले क्रमशः १२, १० र ७ हजार प्राप्त गर्नेछन् ।
महिला तथा पुरुष ह्विलचियर र दृष्टिविहिन अन्तर्गत विजेताले क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्याराथन प्रतियोगिता एकै चरणमा आयोजना हुँदै आएकोमा कोरानाका कारण गत वर्ष र यसबर्ष दुइ चरणमा आयोजना गरिएको हो ।
यसअघि फागुन ७ गते आयोजना भएको म्याराथनको उपाधि केन्याली धावक स्टेफेन कोस्गेईले जितेका थिए भने महिला तर्फको हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी थिइन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




