
पोखरा, १६ चैत । लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ ।
स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा मुख्य आकर्षणको रुपमा राष्ट्रब्यापी खुल्ला सेभेन ए साइड पुरुष तथा महिला फुटबल प्रतियोगितालाई समावेश गरिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
क्लबका अध्यक्ष तथा मुल आयोजक सकिति संयोजक चन्द्र प्रसाद गुरुङका अनुुसार पुरुष फुटबल तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ५० हजार प्रदान गरिनेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ८० हजार प्रदान गरिनेछ ।
त्यसैगरी महिला तर्फको विजेता टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १५ हजारले पुरस्कृत गरिने अध्यक्ष गुरुङले बताए । उनका अनुसार दोस्रो हुने टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १० हजार प्राप्त गर्नेछ । पुरुषतर्फ प्रतियोगिताबाट सर्वाेत्कृष्ट हुने खेलाडी र सर्वाधिक गोलकर्तालाई ट्रफी सहित जनही ५÷५ हजार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
उनले पुरुष तर्फ टिम दर्ता शुल्क ७ हजार रुपैया निर्धारण गरिएको बताउदै महिलातर्फ भने कुनै शुल्क नलाग्ने बताए । ‘अहिले विभिन्न ठाउँहरुमा फुटबल प्रतियोगिता भैरहेका छन् । सबैतिर हेरेर हामीले पनि देशव्यापी खुल्ला सेभेन ए साइड प्रतियोगिता राखेका छौ, उनले भने, ‘हाम्रो प्रतियोगितामा गण्डकी प्रदेशबाटै आउँनुहुन्छ । टिम दर्ता गर्ने रकम हामीले सामाजिक कार्यमै लगाउनेछौ ।’
उक्त प्रतियोगितामा स्थानीय स्तरका खेलाडीहरुले समेत भाग लिने बताउदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । ‘हाम्रो प्रतियोगितामा स्थानीय तहका खेलाडीहरुले खेलकौशल, सीप र दक्षता अभिवृद्धि गर्नेमा विश्वस्त छौ, अध्यक्ष गुरुङले भने, ‘यस खेलबाट राष्ट्रिय लेभलका खेलाडी उत्पादन गर्न सघाउ पुर्याउनेछ । साथै डढुवा गाउँलाई पर्यटकीय गाउँको रुपमा चिनाउनेछ ।’उनका अनुसार क्लबले खेलकुदको क्षेत्रमा सामाजिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।
सो फुटबल प्रतियोगितामा पुरुष तर्फ अनुमानित ४० टिम र महिला तर्फ १० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । एक हप्ता सञ्चालन हुने सो मेलामा छेलो प्रतियोगिता र तमु समुदायमा आधारित विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएको आयोजकले जनाएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




