
काठमाडौं, १७ चैत । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको खेलमा खुमलटारले श्री भगवती यथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
खेलको २१औँ मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ३१औँ मिनेटमा भगवती युथ क्लबका खेलाडी सन्तोष केसीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५५औँ मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए । खेलको ८३औँ मिनेटमा सुरज बस्नेतले गोल गर्दै खुमलटारलाई ३–१ को अग्रता दिलाए । खेलको ८९औँ मिनेटमा प्रशन्न श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता ४–१ को बनाए ।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भगवती युथका राजु गुरुङले गोल गरेपनि खुमलटार ४–२ ले विजयी भयो । यस जितसँगै खुमलटारले १० खेलमा १५ अङ्क जोडेको छ । यता पराजित भगवतीले समान १० खेलमा १४ अङ्क जोडेको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




