
काठमाडौं, ६ वैशाख । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई रु तीन लाख जरिवाना गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई जरिवाना गरिएको हो ।
सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत गत चैत २६ गते भएको खेलमा नयाँबस्ती युवा क्लब मध्यपुर युथ एशोसिएशनसँग ३–१ गोलअन्तरले पराजित भएपछि नयाँबस्तीले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही गरेको हो । त्यतिबेला मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए। सो जरिवानासँगै एन्फाले क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध लगाएको छ ।
अफिशियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको छ । एन्फाले क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




