निर्माण व्यवसायीहरूको आन्दोलन आजबाट प्रधानमन्त्री निवास बालुवाटारमा

-



     सफल आवाज    
     वैशाख १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ वैशाख । निर्माण व्यवसायीले आज (बिहीवार)ब प्रधानमन्त्री निवास बालुवाटारमा गएर आन्दोलन गर्ने भएका छन् ।

पछिल्लो समय अप्रत्याशित रुपमा बढेको निर्माण सामग्रीको मूल्यवृद्धि र हालै संशोधन खरिद नियावलीमा भएको त्रुटीलाई सच्याउनका लागि गत ८ गतेबाट सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलामा आन्दोलन गर्दै आएका थिए ।

तर, सरकारले कुनै माग सम्बोधन नगरेपछि आजट प्रधानमन्त्री बालुवाटार निवासमा गएर आन्दोलन गर्ने भएको हो ।

नेपाल निर्माण व्यवसायी महासंघले बिहीबारबाट बिहान ९ बजेदेखि १० बजेसम्म धर्ना गर्ने भएको महासंघका महासचिव रोशन दाहालले बताए ।